शुक्रबार, बैशाख १४, २०८१

सरकारले फेरि ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्दै

काठमाडौ फागुन १८,
सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण व अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिनुभएको हो ।

सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको जानकारी दिदै हाँले १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको समेत त्यस अवसरमा जानकारीदिनुभयो ।

त्यस्ते छलफलमा स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिनुभयो । ्स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको बताउदै खोप स्तनपान गराइरहेका आमाहरूलाई पनि दिन मिल्ने बताउनुभयो ।