शुक्रबार, चैत्र १६, २०८०

विप्लव समूहसंग वार्ताका लागि सरकार र विप्लव समूहद्दारा वार्ता टोली गठन

काठमाडौ फागुन १८,
सरकारले नेत्र विक्रम चन्द्र विप्लव समूह सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सदस्य रहनुभएको छ ।

विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको जनाउ दिएसंगै सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो समूहका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । त्यस्तै सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि २ सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि आजै सरकारले पनि वार्ता टोली गठन गरेको थियो ।

पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा गठित विप्लव समूहको वार्ता टोलीमा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहेको जनाउँदे जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको उल्लेख गरिको छ ।