शनिबार, बैशाख १५, २०८१

फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं फागुन १७,

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल शुरु हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघठन गरेका थिए । तर सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश गरेको थियो । सोही आदेश अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गरेकी हुन् ।