बुधबार, बैशाख १२, २०८१

आजबाट यस वर्षको जाडोयामको अन्त्य प्रि–मनसुन शुरु

काठमाडौं  फागुन १७ ,

जल तथा मौसम विज्ञान विभागले आज जारी बुलेटिनमा आजबाट मार्च १ शुरु भएसंगै यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन शुरु भएको जनाएको छ ।

त्यस्तै विभागले जारी बुलेटिनमा प्रि–मनसुन शुरुभएसंगै अपराह्न तथा साँझतिर मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहनुको अलावा देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख निरन्तर प्रभावित हुने जनाएको छ ।

साथै यसवीचमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्दै जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु हुने र पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने समेत जनाएको छ ।