बुधबार, बैशाख १२, २०८१

 कुलेश्वर फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित पक्राउ

काठमाडौं १७ फागुन, 
काठमाडौं महानरगपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका १४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका १३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोटदुप्चेश्वर गाउँपालिका  ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारतबिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुले हुण्डीको कारोबार गर्दै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीले   उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित पक्राउ गरेको जनाएदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।