शनिबार, बैशाख १५, २०८१

काठमाडौ उपत्यकाका ४७ जना सहित थप १०५ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौ फागुन ४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीषण गर्दा काठमाडौ उपत्यकाका ४७ जना सहित थप १०५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ९९ जना संक्रमणमुक्त भई घर फर्किएसंगै कोभिड मुक्त हुेको संख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्ते मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८७ रहेको जनाएकोछ भने यसमध्ये आइसीयूम ६३ र भेन्टीलेटरमा १३ जनाको उपचार भइरहेको जानकारीदिदै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको जनाएको छ । यद्यपी नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।