आइतवार, अशोज ३, २०७८

महासंघमा महिला आवास गृहको शुभारम्भ

काठमाडौं फागुन ४ ,
नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघको कार्यालय परिषरमा रहेको भवनमा उक्त आवास गृहको उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघक अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिवद्ध रहेको बताउनुभयो ।

आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गर्नुभएको थियो । हो । भवन उद्घाटन गर्नुहुदै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढेपनि गुणात्मक रुपमा क्षमता बृद्धिको लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा बोल्ने बत्ताहरुले बाहिरबाट काठमाडौंमा आउने पत्रकार महिलाहरुको लागि आवास गृहले फाइदा पुग्ने बताएका थिए ।
नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको शुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिदै जाने बताउनुभयो । उहाँले अहिले तत्कालका लागि १ वटा मातृत्व कक्ष सहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय परिषरमा यस अघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो। हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपँया र पत्रकार महिलाले ५० रुपँया रजिष्टेशन गर्ने व्यवस्था गरिएको महिला समितिले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031