शुक्रबार, चैत्र १६, २०८०

 एमिकस क्युरीका सदस्य पूर्वमहान्यायाधिवक्ता कार्कीले भने – संविधानको धारा ७६ (१) ले विघटन गर्न पाउने अधिकार प्रघानमन्त्रीमा निहित

काठमाडौ फागन ४,
संसद विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगीे अर्थात एमिकस क्युरी बाट राय लिन काम शुरु भएको छ । आज एमिकस क्युरीका ५ सदस्य मध्ये पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो पहिलो राय प्रस्तुत गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा पूर्वमहान्यायाधिवक्ता कार्कीले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई वहस पैरवी अनरुप नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिनुभएको छ ।

त्यस्तै उहाँले संविधानको धारा ७६ (१) ले विघटन गर्न पाउने अधिकार निहित रहेको जनाउदै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न पाउने स्पष्ट व्यवस्था भएको इजलाससमक्ष राय प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै बुधवार एमिकस क्युरीका बाँकी सदस्यहरु सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठकले राय प्रस्तुत गर्नु हुने भएको छ ।