शनिबार, बैशाख १५, २०८१

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

काठमाडौं माघ २७ ,

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन पछि पहिलो चरणमा आगामी वैशाख १७ र दोस्रो चरणमा वैशाख २७ गतेका लागि घोषणा गरेको संसदीय निर्वाचन अन्र्तगत पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभएकोछ ।
त्यस्तै प्रवक्ता गुरुङले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन निर्णय भएको बताउनुभयो ।

त्यस्तै उहाँले माघ ३० गते मनाइने तामाङ र शेर्पा समुदायको ठूलो चाड सोनाम ल्होसारका सार्वजनिक बिदा दिने निर्णयसंगै नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको जानारीदिनुभएको छ ।

यसैगरी बैठकले संयुक्त राष्ट्रसङ्घ, मानव अधिकार परिषद्को ४६औँ सत्रको उच्चस्तरीयसभामा सहभागिताका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । भने मदन भण्डारी रङ्गशाला आयोजनाको विकास तथा सञ्चालन गर्नका लागि झापाको दमक नगरपालिका–३ मा रहेको कूल २७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेको एक हजार ९२४ वटा रुखबिरुवा हटाउन स्वीकृति समेत दिएको जानकारीदिनभयो ।

त्यस्तै गरि बैठकले शिक्षा नवौँ संशोधन नियमावली, २०७७ स्वीकृत संगै विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा ‘ एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविकबमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको जानकारी दिनभयो ।