शुक्रबार, बैशाख १४, २०८१

माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं माघ २७ ,
सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले माघ ३० गते  तामाङ र शेर्पा समुदायको ठूलो चाड सोनाम ल्होसारका अवसरमा  सार्वजनिक बिदा दिने निर्ण गरेको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।