बिहिबार, बैशाख १३, २०८१

सरकारको तर्फबाट आसन्न् निर्वाचनका लागि ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौं माघ २७ ,
सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषित संसदीय निर्वाचन अन्र्तगत सम्पन्न हुने निर्वाचनका लागि रु ७ अर्ब बराबरको बजेट उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगले निर्वाचनका लागि माग गरेको बजेट अनुरुप स्रोत सुनिस्चित गर्दै उक्त रकम सरकारको तर्फबाट उपलब्ध गराइएको जानकारीदिनुभयो।

त्यस्तै पत्रकार सम्ममेलनमा मन्त्ती पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको पष्टोक्ति दिदै निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत बताउनुभयो ।

यअसघ प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेल निर्वाचन आयोग पुगेर निर्वाचनको तयारी एवम अन्य थप विविध विषयगत एजेन्दामा छलफल गर्नुभएको थियो ।