शुक्रबार, बैशाख १४, २०८१

श्रीराम सुगर मिल्सका संचालकसहित ३ जना विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं पुस २,
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका संचालकसहित ३ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।यसरी पक्राउ पुर्जी जारी गरिएकाहरुमा क्रमस सञ्चलाक हितेश गोल्छा, विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झा रहेका छन ।

यसअघि उखु उत्पादक संघ र ४ दर्जन भन्दा बढि किसानहरुले आफ्नो बक्यौता रकम भुक्तानी नगरेको भन्दै श्रीराम सुगर मिल्सका सञ्चलाक माथि जिल्ला प्रहरी कार्यालयमा बुधवार दायर ठगी मुद्दाका कारण जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका संचालक सहित ३ जनाको विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

त्यस्तै पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलास भइरहेको जनाउदै प्रहरीले किसानहरुको बक्यौता रकम नतिर्ने उद्देश्यले गत साउन ११ गते उद्योग बन्द भएको सूचना टाँस गर्दै मिल सञ्चालक सम्पर्कविहीन भएको जाएको छ ।