बिहिबार, चैत्र १५, २०८०

आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस,काठमाडौंको तापक्रम २.३ डिग्रीमा झर्‍याे

काठमाडौं पुस २,
काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन मौसम पूर्वानुमान महशाखाले जनाएको छ । यद्यपी काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहने जनाउदै महाशाखाले  बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

‘पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै सफा हुँदै जाने जाने जनाएको छ । त्यस्तै पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको ‘वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।’

 त्यस्तै दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम :

पुस २ (बिहीबार) दिउँसो– प्रदेश–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति– देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पुस ३ गते (शुक्रबार) दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति– प्रदेश–१, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पुस ४ गते (शनिबार)

दिउँसो – प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति –देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।