शनिबार, बैशाख १५, २०८१

सिसिएमसी बैठक : जनतालाई कोभिड खोप निशुल्क उपलब्ध गराउने विषयगत छलफल

काठमाडौ मंसिर २६,
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोभिड खोप निशुल्क रुपमा उपलव्ध गराउने विषयमा भएका कार्यप्रगतिका बारेमा सम्वद्ध मन्त्रालयका मन्त्री र सचिवसंग छलफल गरेका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र [सिसिएमसी] का निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको हो ।

त्यसतै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा आवद्ध मन्त्रीहरुसमेतको बैठकले कोभिड नियन्त्रणसम्बन्धी खर्च सहितको कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ यसवीचमा भएगरेका सवै कामकारवाहीको लिपिवद्ध प्रकाशन गरिने निर्णय सहित कोभिड उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार करार सेवामा नियुक्त गर्ने र कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको बताईएकोछ ।