शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका थप ५४१ सहित थप थप १ हजार ४४ जनामा कोभिड संक्रमण, ११ को मृत्यु

काठमाडौ मंसिर २६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ४१४ जनाको पीसीआर परिक्षणको क्रममा थप १ हजार ४४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ त्यस्ते कुल संक्रमित मध्ये देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

त्यस्तै देशभरबाट थप १ हजार २७१ जनासंक्रमित उपचार पछि डिस्चार्जभउसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।त्यस्तै कोभिड संक्रमणबाट थप ११ जनाको निधन भएको छ । योसंगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ७४ पुगेकोमन्त्रालयले जनाएको छ ।

यसैवीच काठमाडौ उपत्यकामा थप ५४१ जनामा कोभिड संक्रमण पाइएको र यसमध्ये काठमाडौमा ४०२ ललितपुरमा १०५ र भक्तपुरमा ३४जना गरी ५४१ जना रहेको जनाएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३१० र भेन्टीलेटरमा ५० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।