शुक्रबार, चैत्र १६, २०८०

प्रजातन्त्र सेनानी ८० वर्षीय श्रेष्ठको निधन

काठमाडौ मंसिर २६,
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा आज काठमाडौं मोडेल अस्पतालमा निधन भएको छ ।  स्वर्गीय श्रेष्ठ पार्टीको ११औ महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन/संघर्षका क्रममा उहाँले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताउनु भएका श्रेष्ठले ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय रहेका ेता श्रेष्ठ बीपी सेनानी सम्मानबाट समेत विभुषित हुनु भएको छ । स्वर्गीय श्रेष्ठको एक छोरा र तीन छोरी हुनुहुन्छ ।

त्यस्तै स्वर्गीय श्रेष्ठप्रति सम्मान प्रकट गर्दै शनिवार अन्तिम श्रद्धाञ्जलीका लागि विहान १० बजे देखि १२ बजेसम्म पार्टी मुख्यालयमा उहाँको पार्थिमव शरिर राखिने र त्यसपछि पशुपति आर्यघाठमा अन्तिम संसरकारका लागि लैजानेकार्यक्रम रहेको काठमाडौं काँग्रेस क्षेत्र न ८ का सचिव राजेश श्रेष्ठले जानकारी दिनुभएको छ ।