आइतवार, बैशाख १६, २०८१

प्रम ओलीको अनुपस्थिती संगै नेकपा सचिवालय बैठक स्थगन

काठमाडौ मंसिर १७,
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएसँगै बैठक २० गते दिउँसो १ बजे बस्ने गरि स्थगन भएको छ ।

आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको जवाफी प्रस्तावमा छलफल संगै बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको सम्वद्ध स्रोतले जनाएको छ । पछिल्लो समय सत्तारुढदल भित्र मौलाएको आरोपप्रत्यारोप सहितको विवाद संगै प्रम ओलीको तर्फबाट प्रस्तुत प्रस्ताव र

यसअघि प्रचण्डको तर्फबाट प्रस्तुत प्रस्तावका कारण छताछल्लल भएके विवाद थप उत्कर्षमा पुगेको मात्र नभइ एकले अर्कोको अस्तिव स्वीकार नगर्ने मोडमा पुगेको बताउदै सम्वद्ध स्रोतले प्रम ओलीको प्रस्तावको अगाडी प्रचण्डको प्रस्तावको कुनै तुकनभएके बताउदै तुक नभएको प्रस्तावमा छलफल हुन नसक्ने बताउँदै ओलीले हिजोको बैठकमा यस्ता बैठकको काम छैन भनेर अभिव्यक्ति दिए अनुरुप आजको बैठमा प्रम ओली अपस्थित भएको दावी गरेको छन ।