शुक्रबार, बैशाख १४, २०८१

चन्द्रागिरिले दियो महानगरीय प्रहरी वृत्त थानकोटलाई ६८ थान सिसिटिभि

काठमाडौ मंसिर १२,
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले शुक्रवार आयोजित एक कार्यक्रमकावीच ६८ वटा सिसिटिभि महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरिएको छ ।

नगर प्रमसख गिरिले करिब १ करोड रुपैयाँको लागतमा त्रिभुवन राजपथ अन्तर्गत कलंकी ( नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म जडान गरिएको अत्याधुनिक उक्त सिसिटिभि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत हस्तान्तरण गर्नुभएको हो ।

सिसिटिभि हस्तान्तरण कार्यक्रममा हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँले चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभि जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताउनुभयो ।

त्यस्तै नगरपालिकाका प्रमुख गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरीअधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031