शनिबार, बैशाख १५, २०८१

सम्वद्ध जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको कडा निर्देशन

 काठमाडौ मंसिर १२,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभएकोछ।

सह प्रवक्ता अधिकारीका अनुसार कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता रु रु ६६ करोड ८७ लाख ४५ हजारसबै अस्पताललाई पठाइसकेको अवस्थामा समेत वितरण नभएको पाएसंगै जोखिम भत्ता जो जसले पाउनु पर्ने हो यथाशीघ्र उपलब्ध गराउन निर्देशन सहितको सर्कुलर जारी गरिएको बताए ।साथै कार्तिक महिनाको समेत भत्ता निकासा गरिने तयारी भएको समेत बताए ।

सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने यसअघिनै निर्णय सहितको आदेश जारी गरेको थियो ।