शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ उपत्यकाका ८२२ सहित देशभर १ हजार ७ सय ३ जनामा कोभिड संक्रमण, २३ को मृत्यु

काठमाडौ मंसिर १२,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ४६० वटा पीसीआर परीक्षण्को क्रममा थप १ हजार ७ सय ३ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप १ हजार २ सय ३६ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै संक्रमणबाट थप २३ जनाको मृत्युभएसंगै  संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको त्यस्तै संक्रमित मध्ये ३५४ जनाको आइसीयूमा र ५४ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकाका ८२२ जनामा कोभिड संक्रमण पहिचान भएको जनाएकोछ । यसमध्ये काठमाडौमा ५९९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ६३ जना रहेको मन्त्रालयले जनाएकोछ ।