बिहिबार, बैशाख ६, २०८१

केही दिनयता देखि जारी मौसमी उतारचढावमा शनिवारबाट सुधार हुने

काठमाडौ मंसिर १२,
पश्चिमी वायुको प्रभावले केही दिनयता मुलुकको मौसमा हुँदै आएको उतारचढावमा शनिबारदेखि सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज मध्यरातीबात पश्चिमी वायुको प्रभाव क्रमशः न्यून हनेर योसंगै शनिबारदेखि देशभर मौसम सफा जनाएको हो ।

त्यस्तै महाशाखाले मौसममा भएको उतारचढावका कारण सर्वत्र एकपटक चिसो बढ्ने जनाउदै पछिल्लो समय देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

त्यस्तै आज प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जाउदै  मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस मापन गरिएको जनाएकोछ ।