शनिबार, बैशाख १५, २०८१

अमेरिकामा ६४ लाख कोभिडको खोप वितरणको तयारी , नेपालले पनि खोप प्राप्तिका लागि कूटनीतिक नोट पठायो

समाचार एजेन्सी मंसिर १०,
संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजर कम्पनीले बनाएको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियमक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने तयारी भइको समाचार एजेन्सीहरुले जनाएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन [एफडिए]को विशेष कमिटीको डिसेम्व १०मा बस्ने बैठकले यस बारेमा निर्णय गर्ने जनाउदै समाचार एजेन्सीले फाइजरको खोप निकै चिसो अर्थात माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने भएकै कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको र पहिलो चरणमा अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने जनाएको छ ।

यसैवीच नेपाल सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन ।