बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ८३५ सहित थप १ हजार ९ सय ४८ जनामा कोभिड संक्रमण ,२८को निधन

काठमाडौं मंसिर १०, पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार २१० जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ९ सय ४८ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै

नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार र १ सय ४० जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ भन संक्रमणबाट थप २८ जनाको निधन भएसंगथै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको मन्त्रालयले जनाएको   छ ।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये उपत्यकाका थप ८३५ जना रहेको मन्त्रालयले जाएको छ । यसमध्ये काठमाडौमा ६३५ जना, भक्तपुरका ८७ जना र ललितपुरका ११३ जना रहेको मन्त्रालयले जनाएको छ।