शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसका प्रवक्ता शर्माले भने- यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता नहोस

जनादेश अनुरुप कांग्रेस ५ वर्षसम्म विपक्षमा रहने प्रष्ट रहेको जनाउ

काठमाडौं मंसिर ७,
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई पाँच वर्षसम्म विपक्षमा रहने जनताले आदेश दिएका कारण तत्काल कुनै पनि अर्थमा सरकारमा सहभागी हुने प्रयास गर्न नहुने बताएका छन्।

सत्तारुढदल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीवीच बढ्दो विवादसंगै प्रम ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकारमा साझेदारी गर्ने प्रस्तावसहित कुराकानी बढाएको चर्चा चलेसंगै प्रवक्ता शर्माले आफ्नो समाजीक सञ्जाल ट्विटर एकाउण्टबाट यस्तो प्रतिक्रिया दिएको हो।

त्यस्तै प्रवक्ता र्माले आफ्नो ट्विटमा पाँच बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश भएकाले कांग्रेस कुनैपनि भडकाववाट टाढा रहने जनाएका हुन । नेकपाको द्वन्द्वसंग कांग्रेस निरपेक्ष रहने भन्दै शर्माले यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता नहोस भन्दै सजग समेत गराउदछौं भनेका छन ।