शनिबार, बैशाख १५, २०८१

उपत्यकाका ९५७ सहित थप १ हजार ६ सय ६९ जनामा कोभिड संक्रमण , १६को मृत्यु

काठमाडौ मंसिर ७,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ३२ वटा पीसीआर परीक्षणको क्रममा थप १ हजार ६ सय ६९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ५ हजार ६ सय ९९ जना संक्रमित उपचारपछि कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । साथै आज पहिचान भएका संक्रमित भध्ये काठमाडौ उपत्यकाका थप ९५७ जना रहेको र यसमध्ये काठमाडौका ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जना रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै संक्रमणबाट थप १६ जनाको निधन भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।