बुधबार, बैशाख १२, २०८१

काठमाडौं महानगरद्धारा मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु

काठमाडौं मंसिर ७,
काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गर्नुभएको हो ।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको बैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोवाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो ।

महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको बताउँदै उहाँले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुवात गरिएको बताउनुभयो । त्यस्तै उहाँले कोभिड लाइ कमजोर ठानेर लापर्वाह नगर्न सुझाव दिदै ‘सरकारको तर्फबाट हामी लागिरहेका छौँ । स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्न । सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्¥याईँ गर्ने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जानसक्ने तर्फ सचेत हुन समेत आग्रह गर्नुभएको छ ।