शुक्रबार, चैत्र १६, २०८०

PCR परीक्षणको रिपोर्ट भण्डार नगर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं मंसिर ७ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नपर्ने व्यवस्थाको पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो । यसरी स्पष्टीकरण सोधिएको प्रयोगशाला क्रमस सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सुर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पताल प्रयोगशाला रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणको नेगेटिभ वा पोजिटिभ जेसुकै भएपनि सो मध्ये पोजिटिभ रिपोर्टको नमुना ३ महिनासम्म रनेगेटिभ रिपोर्टको नमुना १ महिनासम्म भण्डारण गर्नु पर्ने प्रावधान पालना नगरेका कारण स्पष्टीकरण सोधिएयो जनाउ दिएको छ।

प्राप्त जानकारी अनुसार प्रयोगशालाबाट पीसीआर परीक्षण गराई नेटेटिभ रिपोर्टका साथ नेपाल एयरलायन्सको विमानबाट जापानको नारिता, हंङकङ र दुवई गएका यात्रुहरुको त्यहाँ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएसंगै यस किसिमको गडबडीको खुलासा भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयललाइ सो सम्बन्धमा पत्राचार गर्दै छानवीन गर्न भनेको थियो । मन्त्रालयको पत्र अनुरुप छानवीन गर्ने क्रममा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।