शनिबार, बैशाख १५, २०८१

नेबिप्राको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौं कार्तिक २४ ,
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाइ दिएको छ।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरेर गत भाद्र २९ गते कुलमान घिसिङ बाहिरिएसंगै मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकले प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गारउदै बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको हो । निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यले आजैदेखि कार्यभार सम्हाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।