शुक्रबार, बैशाख १४, २०८१

बिना बिल तथा कागजातका ३८ थान मोबाइल सहित श्रेष्ठ पक्राउ

काठमाडौं कार्तिक् २४,

महानगरीय प्रहरी प्रभाग नागढुङगाले काठमाडौं नागार्जुन नगरपालिका ३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २२८७ नम्बरको बस नागढुङ्गामा जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल बरामद गरेको जनाएको छ

माृवाइल बरामदभएसंगै थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरु श्रेष्ठको रहेको खुलेसंगै महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले श्रेष्ठलाइ काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट पक्राउ गरेको जनाउदै बरामद मोबाइल सहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।