बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका १,४२८ सहित देशभर थप २५ सय ७१ जनामा संक्रमण,१८को मृत्यु

काठमाडौं कार्तिक २४,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १ सय ७७ जनाको कोभिड परीक्षणको क्रममा थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २० सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्ते आज पहिचान भएक संक्रमित मध्ये काठमाडौ उपत्यकाका १ हजार ४२८ जनामा कोभिड संक्रमित रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौमा १,१३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २०१ जना रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड अपडेट जानकारी अनुसार देशभर थप १७ सय ९८ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ भने क्वारेनटिनमा ९ सय ६७ जना रहेका छन् । होमआइसोलेसनमा २९ हजार ८ सय ३६ जना रहेको मन्त्रालयले जनाएको छ । साथै संक्रमण प्रभावित मध्ये ४११ जनाको आइसीयूमा र ८३ जना भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जाएको छ । त्यस्तै संक्रमणका कारण थप १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।