शुक्रबार, बैशाख १४, २०८१

महालक्ष्मी,गोदावरी र ललितपुर महानगरपालिकाका प्रमुखत्रयलाइ कोभिड संक्रमण

[ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गाेदावरी नगरका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठ ]

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको दम्पति सहितलाइ कोभिड संक्रमण

काठमाडौं असोज ९,

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाइ कोभिड संक्रमित भएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठ उहाँकी धर्मपत्नी दुवैमा दोस्रोपटक पनि कोभिड सङ्क्रमण पुष्टि भएको हो भने   गोदावरी नगरपालिकाका प्रमुख महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई पहिलो पटक संक्रमण देखिएको हो ।

प्रमुख श्रेष्ठ दम्पतिको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको अस्पतालले जनाएको छ ।त्यस्तै प्रमुख महर्जन दम्पति भने गाह्रो भयो भने मात्र अस्पताल जाने तयारी सहित हाल होम आइसोलेसनमा रहेको बताईएकोछ ।

त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई समेत कोभिड–१९ को संक्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जनाएकोछ ।  संक्रमित भएको पुष्टि भएका ललितपुर महानगरपालिकाका प्रमुख महर्जन होम आइशोलेशनमा बस्नु भएको छ ।