बिहिबार, चैत्र १५, २०८०

नोट छाप्न प्रयोग हुँने प्रिन्ट मेशिन सहित नक्कली नोटका कारोवारीद्दय पक्राउ

ललितपुर असोज ९,
सुनका गरगहना किनी नक्कली नोट दिई भाग्ने दुई अभियुक्त क्रमस काठमाडौंं, टेकु घर भई हाल जिल्ला भक्तपुर सल्लाघारी बस्ने बर्ष २८ को ईक्युज तुलाधर र काठमाण्डौँ ज्याठा असन बस्ने बर्ष २७ को अजय महर्जनलाइ महानगरीय अपराध शाखा ललितपुर र सातदोबाटो वृत्तबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको छ ।

पक्राउ  परेका अभियुक्तद्दयले असोज १ गते ललितपुर–१४ ताल्छीखेल बस्ने डम्बरबहादुर रिजालको जय माँ दुर्गा जेम्स एण्ड ज्वेलेरी हाउसबाट सुनका गरगहना आवश्यक परेको छ भनि अडर गरी सुनको रानीहार ३ तोला ५८ लाल, सुनको छड्के तिलहरी ७५ लाल र सुनको सादा औठी ३२ लालका सुनका गरगहनाको ५ लाख २ हजार रुपैयाँ बराबरको किनेका थिए । तर एक हजार रुपैयाँका ५ गड्डी टेवलमा राखी सुनको बिल बनाउन लाग्दा उनीहरुले सुनको गरगहना सहित फरार भएका थिए ।

अभियुक्तद्दयले टेबलमा छाडि गएको पैसा हेर्दा सबैभन्दा माथिको नेपाली नगद १÷१ हजार मात्र सक्कली जस्तो रहेको र बाँकी ४६५ थान नक्कली रहेको भनि संचालकले महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई तत्कालै जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरीले चेकजाँच कार्यलाई तिब्र पारी उक्त घटनाको सम्बन्धमा अनुसन्धान सहित अभियुक्तद्दण्लाइ प्रक्राउ गरेको जनाउदै ललितपुर जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्दामा ७ दिने म्याद थप गर्दै अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ।

साथै प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्ट मेशिन थान १, ल्यापटप थान १, सिपियू थान १, १००० रुपैयााका नक्कली नोट थान ४६५ र सक्कली नोट थान ३७, सुनको रानीहार थान १, तिलहरी थान १ र सुनको औँठी थान १ र मोबाई थान २ समेत बरामत गरेको जनाएकेछ ।