बिहिबार, बैशाख २७, २०८१

PCR-परीक्षणको नयाँ मापदण्ड : अब लक्षण देखिए मात्रै कोभिड परीक्षण

काठमाडौं असोज १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्दारा जारी कोभिड–१९ को परीक्षण गर्न जारी १२ बुँदे नयाँ मापदण्डमा कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने उल्लेख गरिएकोछ । ती लक्षणमा ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखाला लागेका व्यक्ति हुनु पर्ने उल्लेख गरिएकोछ ।

यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको ५ दिनपछि परीक्षण गर्न सकिने उल्लेख गर्दै अकस्मात् श्वास प्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आई क्वारेन्टाइनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था मापदण्डमा गरिएको मन्त्रालयले जनाएको छ ।