शुक्रबार, बैशाख १४, २०८१

डलर देखाई लाखौं रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

भक्तपुर असोज १०
सूर्यबिनायक नगरपालिका अन्र्तगत बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने ५ अभियुक्तलाइ पक्राउ गरिएकोछ । प्रहरीका अनुसार पक्राउ परेको अभियुक्तहरुले व्यक्तिलाई डलरको प्रलोधन देखाउँदै नेपाली ५ लाख रुपैंया लुटेको जनाएकोछ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका  बस्ने ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका  बस्ने ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेको जनाएको छ । प्रहरीले अभियुक्तहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत बरामद गरेको  जनाएको छ ।

त्यस्तै प्रहरीले गत २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भाद्र ३१ गते मध्यपुर ठीमी नगरपालिका बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाउदै निजहरुउपर आवश्यक अनुसन्धान सहित लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको जनाएको छ ।