बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको निजी चिकित्सकलाई कोभिड

काठमाडौं असोज १० ,
प्रधानमन्त्रीकी निजी चिकित्सक एवम त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ‘आईओएम’ की डिन डाक्टर दिव्या सिंह शाहमा कोभिड संक्रमण पुष्टि भएको छ ।  कोभिडसँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको आज पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेसनमा बसेकी छिन । उनले पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग भने भेट नगरेको बताइएको छ । उनले जुम्लावाट काठमाडौं आएपछि अनसनरत डाक्टर गोविन्द केसीसँग भने भेटेकी थिइन । यद्यपी  त्यस क्रममा सामाजिक दूरी कायम गरेको र स्वास्थ्य मापदण्ड पालना गरेकाले डराउनुपर्ने अवस्था नभएको शाहले बताएकी छिन ।