शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं असोज ६,
मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रत्यके सोमवार बस्ने बैठक बस्न नसकेका कारण आज बैठक बस्न लागेको बताईएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा अब केही बेरमा शुरु हुने बताईएको बैठकलाइ नियमित बैठक भएको र बैठकमा कोभिड १९ लगायत अन्य नियमित विषयमा छलफल हुने भनिएपनि बैठक अघि नेकपाका अध्यक्षद्दयवीच भएको छलफलको निष्कर्ष अनुरुप वहालवाला मन्त्रीपरिषदका सदस्यहरुको सामुहिक राजीनामासंगै मन्त्रीमण्डलको पुनर्गठन केन्द्रीत रहेको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा प्रम ओलीले मन्त्रीमण्डलको पुनर्गठन आवश्यकता औचित्यमाथि सवै सदस्यलाइ जानकारी गराउने सम्मको तयारी भएको थाहा भएको छ ।

यसैवीच सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ । आइतवार बस्ने भनिएको बैठक स्थगन गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागेको हो ।आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिदै उक्त अवधारणा पारित गर्ने तयारी रहेको बुझिएको छ।