शनिबार, बैशाख ८, २०८१

मन्त्रीमण्डल पुनर्गठन सम्वन्धी मापदण्ड स्वीकृतिका लागि सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं असोज ६,

सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । आइतवार बस्ने भनिएको बैठक स्थगन गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले यसअघि को बैठकले अवधारणा बनाएको मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने तयारी रहेको  बुझिएको छ ।

प्राप्त जानारी अनुसार अध्यक्षद्दयको छलफलमा प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउँदै नयाँ अनुहारको सहित राम्रो काम गरेका पूराना समेतलाइ समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयसंगै संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा समेत छलफल भएको र छलफल पछि प्राप्त निष्कर्षलाइ सचिवालयले अनुमोदन गर्ने तयारी समेत भएको बताइएको छ ।