बिहिबार, चैत्र १५, २०८०

राष्ट्रको मौलिक पूजाआजाको संरक्षण संगै सम्पूर्ण धार्मिक आस्थाका मठमन्दिर तत्काल खुल्ला गर्न माग

  • बन्दान्दी निषेधाआज्ञाको समाप्ति संगै यी मठ, मन्दिर, देवस्थल खुला नगरिनु हिन्दु धर्मावलम्बीको भावनामा धर्मनिरपेक्षता पछिको दोस्रो  नियोजित प्रहार भएको आशय व्यक्त
  • कोत र यहाँ रहेको हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन गरिने कालरात्री पूजा जस्ता महत्वपूर्ण पक्षमा कहिँकतैबाट पनि ग्रहण लाग्नु नहुनेमा विश्वहिन्दू महासंघद्दारा सरकारको ध्यानाकर्षण 

काठमाडौं असोज ६,
विश्व हिन्दू महासंघले कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण राजधानी दलगायत देशका विभिन्न भागमा रहेको सवै मठ, मन्दिर, देवस्थलहरू बन्द गरिए पनि गत असोज १ गतेबाट सवै किसिमको यातायात तथा सम्पूर्ण कारोबारहरू खुल्ला भएको परिपेक्षमा आराध्यदेव भगवान् श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठ संगै मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा सम्पूर्ण देवस्थलमा सहज र सुरक्षित दर्शनका लागि तत्काल खुल्ला गर्न माग गरेको छ ।

त्यस्तै संघका महासचिव अस्मिता भण्डारीले जारी गर्नु भएको विज्ञप्तिमा बन्दाबन्दी र निषेधाज्ञाको क्रममा सम्पूर्ण मठ, मन्दिर, देवस्थलहरू बन्द गरिए पनि जारी बन्दान्दी निषेधाआज्ञाको समाप्ति संगै यी मठ, मन्दिर, देवस्थल खुला नगरिनु हिन्दु धर्मावलम्बीको भावनामा धर्मनिरपेक्षता पछिको दोस्रो  नियोजित प्रहार भएको आशय व्यक्त गर्दै तत्काल श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठहरू, सम्पूर्ण मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा जस्ता महत्वपूर्ण देवस्थलको सहज र सुरक्षित दर्शनका लागि खुल्ला नगरिएकोमा गम्भीर ध्यानाकर्षषण सहित तत्काल यी मठमन्दिर सवै खुल्ला गर्न गराउन नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

त्यस्तै कोभिड संक्रमणकै नाममा हाम्रो जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सम्पन्न हुँदै आएका परम्परागत देवी-देवताका जात्रापर्व पूजा समेत रोक्ने नियोजित प्रयास समेत हुँदै आएको भन्ने बुझिन आएको पक्ष प्रति गम्भीर असहमति व्यक्त गर्दै मुलुक एककिरणको पृष्ठभूमि अन्र्तगत तत्कालीन राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दैवी शक्तिको स्रोतबाट नेपाल राष्ट्र एकीकरणको शक्ति आर्जन गरेको तथ्यगत मान्यता अन्र्तगतको सालीन्दा हुँदै आएको कोत र यहाँ रहेको हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन गरिने कालरात्री पूजा जस्ता महत्वपूर्ण पक्षमा कहिँकतैबाट पनि ग्रहण लाग्नु नहुनेमा विश्वहिन्दू महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ विज्ञप्तिमा भनिएको छ ।

विश्वको एक मात्रै हिन्दु अधिराज्यको पहिचानसंगै संसार भरिका हिन्दु ओमकार परिवारको आस्थाको देश भन्ने जान्दा जान्दै र बुझ्दाबुझ्दै पनि यहाँका  गणतान्त्रिक भनाउँदा दलीय नेताहरुले नियोजित ढंगबाट विदेशीको प्रलोभन सहित मुलकमा धर्मनिरपेक्षत लाड्दै हिन्दु धर्मावलम्बीको भावनामा चोट पु-याएकोमा पछिल्लो समय धर्मनिरपेक्षताका विरुद्धमा सम्पूर्ण हिन्दू ओमकार परिवार एकजुट रहेको समेत उल्लेख गरिएको  छ ।

त्यस्तै कथम कदाचिंत विषम अवस्था सिर्जना भएको अवस्थामा राष्ट्रको मौलिक पूजाआजा, जात्रा आदि रोकिएमा क्षमा पूजा गर्ने परम्परा रहेकाले यसपटक सम्बन्धित पक्षले देवी भगवतीसँग प्रार्थना तथा क्षमा पूजा गरी आफ्नो देशको रितिरिवाज, संस्कृति र परम्परालाई संरक्षण गरियोस भन्ने माग गर्दै ८४ प्रतिशत भन्दा धेरै हिन्दु र ९४ प्रतिशत भन्दा धेरै ओमकार परिवारको भावनाको कदर गर्न ध्यानाकर्षण समेत गराएको छ ।

राष्ट्रको मौलिक पूजाआजाको संरक्षणसंगै सम्पूर्ण धार्मिक आस्थाका मठमन्दिर खुल्ला गर्न माग