शुक्रबार, बैशाख १४, २०८१

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले प्रतिकेजी रु ५२ मा बिक्री गर्ने

काठमाडौ असोज ७,
गत असोज १गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ ।

विभागको अनुगमन टोलीले राजधानीको बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब १ हजार २०० किलो प्याज बरामद गर्नुको अलावा काला बजारी समेतलाइ नियन्त्रणमा लिईएको थियो । व्यापारीले रु ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागले जनाएको छ ।