शनिबार, बैशाख ८, २०८१

थप ११७२ जनामा कोभिड संक्रमण पुष्टि ,७ को मृत्यु

काठमाडौं असोज ७ , पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षणको क्रममा थप १हजार१७२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै  संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार८९३ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्जभएसंगै नेपालमा कोभिड मुक्त हुँदै डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामादेशभर संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुष, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको रहेको जनाएको छ ।

साथै देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १०४ जना रहेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना रहेको छ सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार १८६ जना रहेको मन्त्रालयले जनाएके छ । त्यस्तै देशभर आइसीयूमा रहने संक्रमितको सख्या २२० जना छभने ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।