शनिबार, बैशाख ८, २०८१

मुलुकको ७ प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं असोज ७ ,

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान एक सूचना जारी गर्दै बुधबार मुलुकका ७ वटै प्रदेशमा भारी वर्षाको संभावना औल्याउँदै सतर्कता अपनाउन  आग्रह  गरेको छ ।  त्यस्तै महाशाखाले सूचना जारी गर्दै गर्दाको अवस्थमा समेत देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै जारी सूचनामा सवै प्रदेशमा पानी पर्ने भएपनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन भनेको हो । त्यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।