शनिबार, बैशाख १५, २०८१

सचिवालय बैठक: पार्टीको सांगठनिक एकीकरण र मन्त्रिमण्डल पुनर्गठनको जिम्मा अध्यक्षद्वयलाई

काठमाडौं असोज ७ , सत्तारुढ दल नेकपाको मंगवलार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बसेको सचिवालयको बैठकले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्षद्धय केपी ओली र  प्रचण्ड’लाई दिएको छ ।

बैठकमा अ प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको ३ विकल्पको आधारमा मापदण्ड तय गर्न नसकेपछि दुई अध्यक्षले सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमति भएको बैठक पछि पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारीदिनुभयो ।

त्यसैगरी बैठकले पार्टीको सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय ओली प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

साथै बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न सरकारलाई आग्रह गरेको जानकारी दिदै प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको जानकारी दिदै औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने जानकारी दिनुभयो ।