शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले भने- पुनःनिर्माणको सवै काम अवको २ वर्षमा सक्छौं

काठमाडौ माघ २, २१ औ भूकम्प दिवसका अवसरमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्दारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अवको २ वर्ष भित्र बैशाख १२ २०७२ को महाभूकम्पका कारण क्षति ग्रस्त सवै किसिमका सरकारी तथा निजी आवास र सम्पदा क्षेत्र पुनःनिर्माण गरिसक्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले यसवीचमानै भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सार्नुको अलावा सार्दै भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार सजगरुपले लागेको बताउँनु भएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सरकारले भूकम्पीय जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने बताउँनु भएको उक्त कार्यक्रममा समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठलगायतका वक्ताले कुनैपनि किसिमको विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174