शनिबार, बैशाख ८, २०८१

एकतर्फी प्रारुपमा तयार गरिएको प्रतिवेदनमा मन्त्रीको स्वीकारोक्ति, ३० प्रकारका आयातीत औषधिमाथि प्रतिवन्ध

व्यक्ति केन्द्रीत निर्णयको वोलावाला,आयात औषधिको कारोवार  निषेध गर्ने परिपञ्चलाइ सम्बोधन गर्न /गराउँन अनेकन चलखेल  

बैठकको नितिगत सहमतिको पक्षलाइ विश्लेषण गर्ने हो भने  प्रत्यक्षरुपमा बाघको छालामा स्यालको रजाइको स्थितीलाइ बढावा दिएको जिकिर 

काठमाडौं माघ २ , आज बसेको औषधि परामर्श परिषदको १६ औ बैठकले  ३० वटा विभिन्न रोग निवारणको लागि प्रयोग हुने औषधिको आयातमा पूर्णत प्रतिवन्द लगाउँने नितिगत सहमति कायम गरेको बुझिएको छ ।  यस अघि परिषदको  पुस २२ गते सम्पन्न्  १५  औ  बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली औषधि उत्पादकको संरक्षण संगै छिमेकी मुलकबाट हुँदै आएको औषधि आयातलाइ पनि असहज नहुँने गरि नितिगत निर्णय गर्न आवश्यक रहेको अभिव्यक्ति सहित औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा एक कार्यदल गठन गर्दै सुझाव सहितको प्रतिवेदन बुझाउँन कार्यादेश दिएका थिए ।

तर महानिर्देशक ढकालको संयोजकत्वमा गठित ५ सदस्यीय उक्त कार्यदलले तयार पारेको प्रतिवेदन प्रति कार्यदलकै सदस्यहरुवीच संयोजक ढकालले एकतर्फी रुपमा प्रतिवेदन तयार पारेको भन्दै कार्यलदलका सदस्यहरुवीच दोहरो अर्थ लाग्ने भाषाको प्रयोग गर्दै प्रतिवेदन तयार गरिएको जनाउ सहति सहमति बन्न नसकेको अवस्थाकावीच आज बसेको परिषदको १६ बैठकमा विभागका महानिर्देशक ढकालले प्रस्तुत गरेको उक्त प्रतिवेदनलाइ तालुकदार मन्त्रालयका मन्त्री उपेन्द्र यादवले सैद्धान्तिक सहमति दिने अभिव्यक्ति दिएको समाचार स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार इन्जेक्टेवल ड्रग लगायतका ६५ देखि ७० प्रतिशत औषधि विदेशबाट आयात हुने मुलुक नेपालमा भएका औषधिले धान्दै आएको हाम्रो मुलुकमा  स्वदेशी उद्योगलाई प्रोत्साहन र मूल्य नियन्त्रणको नाममा एकतर्फी रुपमा आयातीत औषधिमाथि प्रतिवन्ध लगाउँने जडसूत्रको चिन्तमा रुमलिएका व्यक्ति विशेषको प्रभावमा विभागीय मन्त्री यादव समेत रुमलिएको  दावी गर्दै अन्तत, आयात औषधिको कारोवारमा निषेध गर्ने परिपञ्चलाइ सम्बोधन गर्न गराउँन अनेकन चलखेल भएको र यसवीचमा प्रभाव र दवावको समेत ठूलै भूमिका रहेको बताउँदै समाचार स्रोतले एकाध उद्योगको नाफा नोक्सान त्यस्तै सरोकारवाला निकायमा बस्ने व्यक्ति विशेषको लाभ हानीलाइ मात्र दृष्टिगत गर्दै भएको आजको आजको बैठकको नितिगत सहमतिको पक्षलाइ विश्लेषण गर्ने हो भने त्यसले प्रत्यक्षरुपमा बाघको छालामा स्यालको रजाइको स्थितीलाइ बढावा दिएको जिकिर गरेका छन ।

प्रस्तुत निर्णयसंगै छिमेकी मुलुक भारत लगायत अन्य मुलकबाट आयात भइरहेका सामान्य देखि गम्भीर प्रकृतिका रोग निवारणको लागि प्रयोग हुँने ३० प्रकारका औषधिको आयातमा रोक लाग्नुको अलावा मुलुकको औषधि जगतमा नितिगत भन्दा पनि व्यक्ति रिझाउँने प्रवृतिका निर्णय ले प्रहय पाएको र यस्तो प्रवृतिले यस क्षेत्रमा विद्यमान अनेकन समस्या संगै थप वेथिती सिर्जना गर्ने दावी गरेका छन । त्यस्तै स्वदेशी उद्योगलाई उत्थान गर्ने सवाल आफैमा निर्वादरुपमा गर्वको विषय भएको जिकिर गर्दैगर्दाको अवस्थामा प्रतिस्प्रर्धि बजारको मुल्य मान्यता विपरित एवम् जनताको छनौटका अधिकार माथि प्रहार गर्दै एकाध कम्पनी र त्यस कम्पनीको मोलोपलीको वातावरण बनाउँन गरेको कुनैपनि निर्णयले जनताको मनोवललाइ किमार्थ उच्च बनाउन् नसक्ने बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।