काठमाडौ माघ २, सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गर्दै भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते कालिका कन्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको सुनवाइ गरेको छ ।
मुद्धा सुनवाइको क्रममा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई रु ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।
अखितयारले कालिका कन्ट्रक्सनका प्रमुख एवम् पूर्ववनमन्त्री समेत रहेका पाण्डेसहित तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धाँमी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
[TABS_R id=73174