शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभाको बैठक: राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ स्वीकृत

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौ चैत २० , प्रतिनिधिसभाको आज बसेको बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत गरेको छ ।   आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरियोस्’ भनी पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

 यसैवीच गत फागुन २१ गतेबाट सुरु भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएसंगै पहिलो अधिवेशन अन्त्य भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।