बिहिबार, बैशाख ६, २०८१

अमीर गजमेरद्वारा निर्देशित “आगो ” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ चैत २०,    पल्लव प्रकाश र मेलिना राईको आधुनिक गीत “आगो ” को भिडियो सार्वजनिक भएको छ ।    अमीर गजमेरद्वारा निर्देशित यस भिडियोमा मोडल बिक्रम गजमेर , सम्पदा र बिनिताले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई लठ्ठै पार्ने प्रस्तुति दिएका छन ।

विल्कुलै फरक धारमा निर्मित “आगो” पप म्यूजिक भिडियोमा सगर साईलोको संगीत रहेको छ। त्यस्तैगरी राजु बस्यालको शब्द र चांद सिङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।