शनिबार, बैशाख १५, २०८१

निर्वाचनमा प्राप्त सफलताका लागि बधाइ दिदै प्रम देउवाले प्रचण्डलाइ भने – सत्ता हस्तान्तरण गर्न आतुर छु

काठमाडौं पुष १, सत्तारुढदल नेपालीका कााग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डवीच भएको विशष भेटवार्ताको क्रममा आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।  आज बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा प्रम देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै भेटवार्ताको क्रममा प्रम देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि दिनु भएको बधाई स्वीकार गर्दै प्रचण्डले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराउँदै यसवीचमा संवैधानिक नियुक्ति गर्दा प्रमुख दलको सहमतिमा मात्र गर्न आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।