शुक्रबार, चैत्र १६, २०८०

“हिरामोती” शिर्षक कथा प्रतियोगिताका कथाकारद्दय पुरस्कृत

काठमाडौं पुष १, साहित्यकार मथुरा सायमिद्दारा कथा लेखनको क्षेत्रमा नव प्रतिभालाइ आकर्षित गर्ने लक्ष्य अनुरुप “हिरामोती” शिर्षकमा आयोजित कथा लेखन प्रतियोगिता अन्र्तगत प्राप्त उत्कृष्ट कथालाइ राजधानीमा एक कार्यक्रमकावीच पुरस्कृत गरिएको छ ।   प्रस्तुत प्रतियोगितमा “हिरामोती शिर्षकमा ४६ विभिन्न नयाँ तथा पुराना कथाकारहरुद्दारा आ आफ्नो मौलिकता अनरुप लेखिएको कथा नेपाल भाषाको अग्रणी साहित्यीक पत्रिका नःलि मासिकमा प्रकाशन गरिएको थियो ।

प्रकाशित कथामध्ये विधागतरुमा महिला कथा तर्फ समालोचक प्रा. प्रेमशान्ति तुलाधार र पुरुष तर्फ साहित्यकार भुषण प्रसाद श्रेष्ठले उत्कृष्टक कथा छनौट गर्दै महिला तर्फ कान्ति मानन्धरको कथालाइ उत्कृष्ट कथा र सान्त्वना तर्फ अमिता महर्जनको कथालाइ त्यस्तैगरि पुरुष तर्फ राजेन मानन्धरको कथा र सान्वता तर्फ सुनिल बज्राचार्यले लेख्नु भएको कथालाइ नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

इलोहं प्रकाशनको नःलि मासिकका सम्पादक नरेश वीर शाक्यको सभापतित्व एवम साहित्यकार मथुरा सायमिको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा हिरामोती” शिर्षकमा फरक फरक कथाकारद्दारा लेखिएको ४६ वटा कथाहरुको संग्रह नेपालभाषामा मात्र नभई नेपाली भाषामै पनि पहिलो हुन सक्ने दावी सहित कथा संग्रह प्रकाशित नःलि मासिक र साहित्यकार मथुरा सायमिको कथाको श्रव्य सि.डि. समेत विमोचन गरिएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।