शुक्रबार, बैशाख १४, २०८१

आज विभिन्न कार्यक्रमको आयोजना सहित धान्यपूर्णिमा, योमरी पुन्ही र ज्यापु दिवस मनाइदै

काठमाडौं मंसिर १७, आज मार्गशुक्ल पूर्णिमा अर्थात आज मुलुकभर धान्यपूर्णिमा चाड मनाइँदै छ। नेवार समुदायले भने यस चाडलाई योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्। आजका दिन विशेषगरि भकारीमा भरेको धान कम नहोस् अर्थात सधै धनधान्यपूर्ण होस् भनी मनाइने भएकाले यस चाडलाई धान्यपूर्णिमा भन्ने गरिएको हो। त्यस्तै आजको दिन बिहान सबेरै उठेर तिल र चाकु प्रयोग गरी चामलको पीठोको योमरी पकाएर खाने गरिन्छ ।

त्यसैगरी पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ। ज्यापु दिवसको अवसरमा आज राजधानीमा ज्यापु समूदायले विभिन्न झाँकीसहित आफ्नो कला संस्कृतिको प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।